arrow

पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
Lalbir chaudhari.jpg

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिए । बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गरेका थिए । 

सांसद शङ्कर भण्डारीले अलपत्र परेका विकासका आयोजनाका कारण खोजी गरी निष्कर्षमा पुग्नुपर्ने बताए । सडक, ठूला खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेकाले समितिले सरोकार भएकासँग छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

निर्माण व्यवसायीलाई रु ८० अर्ब दिन बाँकी छ भनी प्रचारप्रसार भइरहेकाले त्यस विषयमा समेत समितिले खोजी गरी सहजीकरण गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । 

अदालतको ढिलासुस्तीले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पुगेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

बैठकमा सांसदहरू प्रतिमा गौतम, डा चन्द्रकान्त राउत, गोकर्णराज विष्ट, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङलगायतले कार्यक्षेत्रका विषयमा प्रवेश गरी छलफललाई तीव्रता दिन माग गरेका थिए । आन्तरिक कार्यविधिमै अल्झेर बस्दा बजेटमा छलफल गर्न ढिलाइ भएको उनीहरूको भनाइ थियो ।

सांसदहरूले वर्षौंअघि ठेक्का भएका पुलका काम अघि नबढेको भन्दै पर्यटकीय सहर पोखरा जाने तनहुँको सडकलगायतको काम छिटो गरिनुपर्नेमा उनीहरूले जोड दिए ।

समितिको आन्तरिक कार्यविधि पारित भएसँगै विषयगत छलफलमा जोड दिइने समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ