arrow

'हाम्रो गिफ्ट्स' र 'देवयानी इन्टरनेशनल नेपालले' केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्नेगरी सम्झौता पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
hamro-gifts-mou.jpg

काठमाडौँ। हाम्रो गिफ्ट्सले नेपालभर सेवालाई विस्तार गर्दै प्रयोगकर्ताहरूले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनीय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ। यसले  विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार गरेको छ। देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका केएफसी र पिज्जा हटका फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ।

यसै प्रक्रिया अनुरूप देवयानी इन्टरनेशनल नेपाल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो साझेदारी पश्चात् विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई केएफसी र पिज्जा हटका परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन्। यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने विश्वास लिइएको छ।

“यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने व्यक्तिहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए। “यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको वातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ “ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ