arrow

निरन्तर बढ्दो क्रममा शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजार मंगलबार ३४.१७ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो । 

वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ । 

यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र आईजीआई प्रुडेन्सियल इन्सुरेन्स परेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ