arrow

शेयरमा छलाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
bull-stock-nepse-share.jpg

काठमाडौं । चालु साताको पहिलो कारोबारको  दिन आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ ।  नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।

२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ । 

यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा शेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिद बिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।  

११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ