arrow

केही अपुग विषयलाई समेट्न सके बजेट प्रभावकारी हुन्छ :  शिशिर खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
sisir-khanal-s.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसद शिशिर खनालले बजेटमा  केही अपुग विषयलाई समेट्न सके  प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै गुणस्तरीय शिक्षा, सहरमा ठुला विद्यालय निर्माण, सहरी व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटले ध्यान नदिएको बताए ।

वातावरणीय प्रभाव स्थिर, वनमा सहजीकरण, ‘स्टार्टप र इनोभेसन’लाई प्राथमिकता, वैदेशिक लगानी भित्र्याउनेजस्ता कार्यक्रम समेटिए पनि केही अपुग विषयलाई समेट्न सकेका खण्डमा बजेट प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

उनले यस वर्षको राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसक्ने देखिएको र अर्थतन्त्र सुधारका प्रभावकारी कार्यक्रम आउन नसकेको उल्लेख गर्दै सङ्घीयता सबलीकरणका लागि बजेटले प्राथमिकता नदिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ