arrow

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँः सांसद गिरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
dipak giri.jpg

नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् । 

आइतबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि अपरान्ह ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा अपरान्ह ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरुलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए । आगामी वर्षदेखि ४ बजे गर्नु नहुने उनको भनाइ छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ