arrow

तराईमा लू फैलदो, सिमरामा सबैभन्दा बढी गर्मी, काठमाडौं रफ्तारमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
weather-2022-evergreen.jpg

काठमाडौं । मुलुकभर गर्मीले जनजीवन अस्तव्यस्त भइरहँदा तराईका जिल्लामा उच्च तापक्रमको होडबाजी चलिरहेको छ । 

तराईका क्षेत्रमा गत शुक्रबारदेखि लू लागिरहेको छ । यो क्रम अझै चार पाँच दिनसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज ताप्लेजुङमा फाटफुट वर्षा भएको छ । अन्य क्षेत्रमा गर्मी झन्पछि झन् बढ्दो छ । 

बुधबार तराईका क्षेत्रमा ४२.२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो । बुधबार जनकपुरमा ४२.२, भैरहवामा ४१.८, सिमरामा ४१.७, नेपालगञ्जमा ४१.६, विराटनगरमा ४१ तथा धनगढीमा ३९.९ डिग्री सेल्सियस तापक्रम रहेको थियो । 

तर बिहीबार भने सिमरा सबैभन्दा अगाडि देखिएको छ । सिमरामा ४२.६ डिग्री तापक्रम पुगेको छ । भैरहवा र जनकपुरमा समान ४२.४ डिग्री सेल्सियस तापक्रम रहेको छ । 

त्यस्तै नेपालगञ्ज्मा ४१.८, विराटनगरमा ४१.५, धनगढीमा ४०.५, वीरेन्द्रनगरमा ३९.५, धरानमा ३८.८, घोराहीमा ३८.७, पोखरामा ३५.७ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

न्यूनतम तापक्रमसमेत बढेको छ । जनकपुरमा २८.८, विराटनगरमा २८.८, धरानमा २८.४, भैरहवामा २६.४, धरानमा २६.८, सिमरामा २५.६ डिग्री सेल्सियस रहेको थियो । 

काठमाडौं उपत्यकामा पनि गर्मी निकै बढेको छ । अधिकतम तापक्रम ३२.८ डिग्री पुगेको छ । जबकि बुधबार ३२.१ डिग्री रहेको थियो । न्यूनतम तापक्रमसमेत बढेर १८.८ डिग्री सेल्सियस रहेको छ । 

काठमाडौंमा दिउँसो एकैक्षण मौसममा केही बदलीजस्तो देखिए पनि अधिकतम तापक्रम बढेको हो । मौसम महाशाखाले अझै बढ्ने जनाएको छ ।  

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ