arrow

खाल्डोमा भ्यान खस्दा आठ बालबालिकासहित २४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
accident-afghanistan-van.jpg

काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ