arrow

लुम्बिनीको नीति तथा कार्यक्रम शुक्रबार

logo
नारायण वली,
प्रकाशित २०८० जेठ २५ बिहिबार
lumbini-province-parliament-2080.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा जेठ २६ गते शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

बुधवार बसेको मन्त्री परिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । 

त्यसै गरेर बैठकले आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तान्तरण अन्तगत समपूरक बजेटमा हेरफेर गर्ने निर्णयसमेत गरिएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ