arrow

दुवै सदनको बैठक बस्दै : राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
prachanda-rastriyasabha-2080.jpg

काठमाडौं । सङ्घीय संसद अन्तर्गतका दुवै सदनको बैठक  आज  बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज ११ बजेपछि शुरु हुँदैछ । 

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । हिजो  प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहे पनि विशेष कारणवश आजको लागि सरेको थियो । 

बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

बैठक आज बिहान ११:११ बजेका लागि बोलाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ