arrow

डेढ डिग्रीसम्म बढ्यो तापक्रम, सिमरालाई जनकपुरले भेट्टायो, काठमाडौंमा फेरि बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
weather-2022-evergreen.jpg

काठमाडौं । गर्मीले देशैभरको जनजीवन अस्तव्यस्त भएको छ । तराई भेगमा लू चल्ने सम्भावना अत्यन्तै रहेको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मंगलबार सबैभन्दा बढी गर्मी सिमरा र जनकपुरमा भएको छ । सोमबार सिमरा सबैभन्दा माथि रहँदा मंगलबार जनकपुरले पनि सिमरालाई भेट्टाएको हो । 

सिमरा र जनकपुरमा समान ४१ डिग्री सेल्सियस तापक्रम रहेको छ । यसअघि केही दिनदेखि भैरहवामा सबैभन्दा बढी तापक्रम रहेको थियो । 

भैरहवामा पनि तापक्रम एक डिग्री भन्दा बढीले बढेको छ । सोमबार ३९.८ डिग्री रहेकामा मंगलबार ४०.९ डिग्री पुगेको छ । 

त्यस्तै नेपालगञ्ज्मा ४०.६, विराटनगरमा ४०.४, धनगढीमा ३८.५, वीरेन्द्रनगरमा ३८.४, धरानमा ३७.५, घोराहीमा ३७.२  तथा पोखरामा ३४.१ डिग्री सेल्सियस रहेको छ । 

काठमाडौंमा ३२ डिग्री पुगेको छ । केही दिनदेखि निरन्तर ३२ डिग्री रहेकामा सोमबार ३१.५ रहेकामा फेरि बढेर ३२ पुगेको हो । 

मंगलबार हरेक क्षेत्रमा ०.५ देखि १.५ डिग्रीसम्म तापक्रम बढेको छ । 

अधिकतममा सबैभन्दा कम जिरीमा २५.२ डिग्री रहेको  छ । न्यूनतममा सबैभन्दा बढी धरानमा रहेको छ । धरानमा २७.९ डिग्री पुगेको छ ।

विराटनगरमा २७.२ डिग्री रहेको छ । त्यस्तै जनकपुरमा २७, भैरहवामा २६.२ तथा नेपालगञ्जमा २६ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा ४ डिग्री रहेको छ । 

वर्षा पनि भयो 
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मुलुकका केही स्थानमा वर्षासमेत भएको छ । 

केही स्थानमा फाटफुट वर्षा भएको भए पनि अधिकांश स्थानमा गर्मीले अस्तव्यस्त पारेको छ । 

सबैभन्दा बढी जिरीमा ६.४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ताप्लेजुङमा ६.३, लुम्लेमा ५, धनगढीमा ४.७, जोमसोममा ३.५, जुम्लामा ३.१, धनकुटामा २.५ तथा डडेलधुरामा २.४ मिलिमिटर वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ