arrow

जलेको अवस्थामा मृत भेटिए प्राध्यापक रविन्द्र रेग्मी

logo
सौरभ गिरी, 
प्रकाशित २०८० जेठ २३ मंगलबार
rabindra-regmi-nepaljung-2080-02-23.jpg

नेपालगञ्ज । बाँकेको नेपालगञ्जका प्राध्यापक रविन्द्र रेग्मी मृत अवस्थामा फेला परेका छन् ।  नेपालगञ्ज वडा नं १८ का रेग्मीको रहस्यमय मृत्यु भएको हो ।

हिजो दिउँसो घरबाट निस्किएका रेग्मीको आज बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शव फेला परेको हो ।

 रेग्मीको मोटरसाइकल सडक छेउँमा रहेको र उनको शरीर जलेको अवस्थामा फेला परेको एक प्रत्यक्षदर्शीले भने, ‘घटना कसरी के भएको होला भन्ने अनुमान गर्न गाह्रो छ ।’

प्रहरीले अहिले घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको जनाएको छ ।

 घरबाट मिटिङ्ममा जानुछ भनेर भे ६प ८२२४ नं को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मीको गएराति करिब १०ः३२ बजेदेखि मोबाइल स्वीचअफ भएपछि खोजी शुरु गरिएको थियो।

मृतक रेग्मीको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटना बारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ