arrow

धारिलो हतियारले भेडिहार दम्पत्तिको निर्मम हत्या

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० जेठ २३ मंगलबार
killed-2080-02-23.jpg

पश्चिम नवलपरासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको निर्मम हत्या भएको छ। प्रतापपुर गाउँपालिका वडा नं ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार  र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । 

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या भएको हो ।

प्रतापपुर गाउँपालिकाकै बैरियामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । 

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएपछि उनीहरूको शव आँगन देखि १०–१५ मिटरसम्म फालिएको थियो ।  खेतीपाती गर्दै आएका दम्पत्तिको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ