arrow

तीन घण्टाको अवरोधपछि खुल्यो संसद [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक तीन घण्टाको अवरोधपछि शुरु भएको छ । बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक तीन घण्टापछि बल्ल शुरु भएको हो । 

बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रतिपक्ष दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गर्ने भएसँगै बैठक समयमै शुरु हुन नसकेको हो । 

हिजोदेखि बजेटमाथि छलफल शुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने भए पनि विपक्ष दलहरुका कारण बैठक बस्न नसकेको हो । 

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान लिएसँगै आइतबारको बैठक पनि रोकिएको थियो । 

त्यस्तै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिए पनि उनले जवाफ दिँदा पटक पटक प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका थिए । 

उनीहरुको अवरोधमा सभामुख देवराज घिमिरेले साथ दिएका थिए । 

प्रधानमन्त्रीले हरेक प्रश्नको जवाफ दिए पनि उनले जवाफ दिएर सकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने समय दिएर सभामुखले प्रक्रिया उल्लंघन गरेका थिए । 

संसदमा सोमबार सांसदले पनि पटक पटक मर्यादा उल्लंघन गरेर संसदीय प्रणालीमाथि धावा बोलेका थिए । 

विपक्ष दलका सांसदहरुले संसद प्रतिपक्ष दलको भएको भन्दै प्रतिकार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ