arrow

संसदका दुवै सदनमा बजेटमाथिको छलफल जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
parliament-nepal-samsad.PNG

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ः११ बजे बस्दैछ । 

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट शुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । 

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधि सभा सदयस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो । 

सोअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतबार संसद अवरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा साटफेर गर्ने विषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरेपछि बजेट माथिको छलफल सहज तरिकाले अघि बढन सकेको थिएन । 

तर सोमबार प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेकाले बजेटमाथिको छलफलले निरन्तरता दिन लागिएको हो ।

तर संसदमा देखिएको प्रक्रियाका बारेमा भने आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ