arrow

संसारकै सबैभन्दा पातलो म्याकबुक ल्यायो एप्पलले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
apple-macbook.jpg

काठमाडौं । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । 

यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो ।  यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १ हजार २९९ डलरमा बिक्री गर्ने जनाएको छ ।  

एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। 

कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ। 

यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ