प्रधानमन्त्रीले बोल्दा अवरोध नगरौँ – विश्वप्रकाश शर्मा
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
1.5k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संबोधन गर्दा विरोध नगर्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै संबोधन गर्दा अवरोध गर्नु गलत भएको बताएका हुन् ।
सोही क्रममा उनले संसदका दुवै सदनबाट पारित भइसकेको विधेयक निष्क्रिय नहुने दाबी गरेका छन् ।
उनले संविधानका बुँदा पढेर निष्क्रिय निधेयक हैन दुवै सदनले दुवै पटक पारित गरेर पठाएको नागरिकता विधेयक भएको भन्दै गलत ब्याख्या नगर्नसमेत आग्रह गरेका छन् ।