काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । नेकपा एमाले लगायतका प्रमुख प्रतिपक्षी दलहरु संसद अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा सम्बोधन गरिरहेका छन् ।
प्रचण्डले भारतमा जानुअघि सदनलाई जानकारी गराएको स्पष्ट पार्दै सदनमा यी विषयमा छलफल हुँदैछ भनेर जानकारी गराएको बताए ।
बैठकमा उनले भारतमा भए गरेका कामहरुबारे जानकारी गराउँदै भने, ‘भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमण गरी फर्केको छु । नेपाल र भारतबीच सदियौं पुरानो तथा घनिष्ट सम्बन्ध रहिआएको छ ।’ उनले सो क्रममा आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन योजनामा छलफल भएको बताए ।
उनले राजनीतिक रुपमा वार्ताबाट असमझदारी हटाउने सहमति भएको बताए । उनले त्यहाँ भएका सहमति र सम्झौता भएकोसमेत बताए ।
उनले सीमा सम्बन्धमा मोदीले स्पष्ट रुपमा बताएको र यसरी स्पष्ट रुपमा आएको यो पहिलो पटक भएकोसमेत दाबी गरेका छन् ।