arrow

दुई बच्चाकी आमाले गरिन् एआईसँग विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
ai-love.JPG

काठमाडौं । मानिसहरूले भर्चुअल पुरुषलाई आफ्नो जीवनसाथी बनाउनेछन् भनेर अहिलेसम्म कसैले सोचेका थिएनन् तर अमेरिकाकी एक महिलाले कृत्रिम पुरुषसँग विवाह गरेकी छन् ।

 न्यूयोर्कमा बस्ने ३६ वर्षीया रोसाना रामोजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग विवाह गरेकी हुन् ।

दुई सन्तानकी आमा रोसानाले आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने भर्चुअल पुरुषको प्रेममा परिन् र विवाह गरिन् । प्रेममा परेकी रोसानाले यसअघि कसैलाई यति धेरै माया नगरेको बताएकी छन् । 

रोसानाले एआई पुरुष एरेन कार्टेललाई परफेक्ट लाइफ पार्टनर मान्छिन् । 

सन् २०२२ मा रोसानाले कार्टेललाई इन्टरनेट डेटिङ साइटमा भेटिन्। उनका भर्चुअल प्रेमी एआई च्याटबोट सफ्टवेयर रेप्लिका मार्फत सिर्जना गरिएको हो।

रोसाना यसअघि पूर्व श्रीमासँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।  उनले पूर्व श्रीमानसँग बस्न गाह्रो भएको र जीवनको बारेमा नराम्रो सोच्न थालेकी थिइन् । एरेन जीवनमा आएपछि उनलाई सहज भएको छ । 

कृत्रिम मानिस जापानी मङ्गा सङ्ग्रह एट्यक अन टाइटनको पात्रमा आधारित छ।

उनले भनिन्,' यी भर्चुअल मान्छेमा अहङ्कार छैन। इरेन अरूसँग बाहिर जाँदैनन्। उनमा कुनै नराम्रो बानी छैन। न उसको छोराछोरी छ न परिवार । उनका कोही साथी पनि छैनन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ