arrow

प्रहरी सरुवामा महानिरीक्षक निरीह, नारायणकाजीका दाइदेखि स्वकीयसम्म सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
narayankaji-basanta-kunwar.jpg

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा बढुवामा आफूले कुनै प्रकारको सम्झौता नगर्ने बताए पनि उनी निकट रहेका केही पूर्व सुरक्षा अधिकारी र दाजु तथा सचिवालयका व्यक्तिहरुले चलखेल गरिरहेका छन् । 

उनले मन्त्रालय सम्हालेपछि नेपाल प्रहरीमा एसपी, डीएसपी र इन्सपेक्टरको सरुवा तयारी शुरु भएसँगै उनीहरुले चलखेल गरेको स्रोतको दाबी छ । 
सरुवा र बढुवाका लागि पूर्व एआईजी विरेन्द्रबाबु श्रेष्ठ, गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठ र गृहमन्त्रीकै स्वकीय सचिवालयमा कार्यरत सुशन श्रेष्ठ लगायतका व्यक्तिहरुले प्रहरीलाई आफू कहाँ बोलाउँदै चलखेल शुरु गरेका हुन् । 

केही दिनमा डीएसपीमा र इन्स्पेक्टरमा बढुवा हुँदैछ । बढुवा हुन चाहनेहरुले पूर्व एआईजी श्रेष्ठ, मानकाजी श्रेष्ठ र सुसन कर्माचार्यकोमा सोर्स लगाउन थालिसकेका छन् । 

गृह मन्त्रालय सम्हालेपछि नै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सरुवाको विषयमा छलफल हुनुपर्नेमा गृह मन्त्रालयभन्दा बाहिर रहेका असम्बन्धित व्यक्तिहरुले चलखेल गर्न थालेका हुन् । 

गोरखा घर भएका पूर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठ गृहमन्त्रीका अघोषित सल्लाहकार जस्तै हुन् । उनले नै प्रहरीका सरुवाको सूची बनाइरहेका छन् । विगतमा उनी एआईजी बढुवा हुनुमा पनि श्रेष्ठकै पहलकद्मी रहेका कारण पनि चलखेलमा उनी सहभागी भएको स्रोतको दाबी छ ।

‘दाजु मानकाजी श्रेष्ठले पनि कसलाई कहाँ पठाउने भन्दै अर्को सूची तयार पारेका छन् भने सुशन कर्माचार्यले पनि बेग्लै सूची बनाएकी छिन् । गृहमा यी तीन जनाले हालीमुहाली गर्न थालेका छन्’, मन्त्रालय स्रोतले भन्यो ।

प्रहरी नियमावलीले एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको भए पनि अहिले गृहमन्त्रालय आफैँ हावी हुन खोजेको छ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थीमा आफू अघि बढेको भन्दै गृहमन्त्री श्रेष्ठले प्रहरीमा हस्तक्षेप शुरु गरिसकेका छन् ।

यतिबेला एसपी सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु पनि फेरिने भएका छन् । सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ । 

सुनसनरीमा प्रभु ढकाल, उदयरपुरमा ज्ञानेन्द्र फुयाल, इलाममा दिलिप घिमिरे, नुवाकोटमा रमेश पण्डित, मकवानपुरमा वामदेव गौतम, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, रौतहटमा बीरबहादुर बुढा कार्यरत छन् । 

कपिलवस्तुमा रहेका बस्नेतलाई त्यहाँका तस्करहरुसँग मिलेको भन्दै कारबाहीको सिफारिस गरिएको छ भने उनको अवकाशको पनि समय आइसकेको छ । एसपी बस्नेतले प्रहरी नीरीक्षक भरत शाहीलाई २ महिनादेखि घुमुवा इन्चार्ज बनाएर जिल्लाका सीमा क्षेत्रमा असुलीका लागि खटाएको खटाएका कारण उनी विवादमा आएका छन् । उनको कमाण्डमा कपिलवस्तुमा ११ जना घुमुवा तैनाथ छन् । 

तर मर्यादपुर, कृष्णनगर, चाकरचौडाबाट राँगा, खसी,चामल,चिनी, कपडालगायतका तस्करी संगठित रुपमा हुँदै आएका कारण उनलाई त्यहाँबाट हटाउन खोजिएको छ । 

त्यसैगरी उनीसँगै समयअवधि पुगेका कारण जेठको अन्तिम साता वा असारको पहिलो साताभित्र एसपीको सरुवा तयारी थालिएको स्रोतको दाबी छ । 

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका र राजनीतिक शक्तिका आडमा धुनषा पुगेका विश्वराज खड्का, झापा गएका दुर्गा रेग्मी, सर्लाहीका नरेशराज सुवेदी, पर्साका कोमल शाहको कार्यक्षमतामाथि प्रश्न उठाएर सरुवाको तयारी  स्रोतको दाबी छ । 

अहिले डीएसपी र इन्स्पेक्टरको बढुवा पनि रोकिएको तथा त्यसलाई खुलाउनका लागि पनि विभिन्न किसिमको चलखेल भैरहेको स्रोतले जनाएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ