arrow

तीन दलले गरे सदन अवरोध, एक घण्टा पछि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
awarodh-samsad.JPG

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी  र राप्रपाका सांसदले सदन अवरोध गरेका हुन् । 

तीन दलले  सदन अवरोध गरेपछि बैठक आजै  एक घण्टा पछि बस्ने गरि स्थगित  भएको सभामुख देवराज घिमिरेले बताएका छन् ।  

एमालेले एक हप्ता भित्र नयाँ नागरिकता विद्ययक पारित गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरिले  निष्क्रिय विधेयकलाई राष्ट्रपतिले यसरी प्रमाणीकरण गर्ने हो भने मान्ने की नमान्ने भन्ने प्रश्न गरेका छन्।

 राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मुखमा किन प्रमाणीकरण गरियो त्यसको जवाफ माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ