काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए पनि एक जना निलम्बनमा छन् ।
पार्टीको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य तीन सय १ जना रहेका थिए । तीमध्ये १९ सचिवालय सदस्य छन् । जसमा एक जना (सचिव टोपबहादुर रायमाझी, नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाले) निलम्बनमा छन् । त्यस्तै ४२ सदस्य स्थायी कमिटीमा रहेका छन् ।