arrow

नयाँ संसद् भवनको निरीक्षण [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
devraj ghimire.jpg

काठमाडौं । बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको सभामुख देवराज घिमिरेले निरीक्षण गरेका छन् । निरीक्षणपछि सभामुख घिमिरेलाई ‘भारतले नयाँ संसद् भवनमा नेपालको भूमि समेटेको नक्सा राखेको छ, नेपालको नयाँ संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्न सकिँदैन ?’ भनेर प्रश्न गरिएको थियो ।  

जवाफमा घिमिरेले भौतिक निर्माण पहिलो प्राथमिकतामा भएको बताए । ‘भौतिक चिज सिद्ध्याऊ त्यसपछि राजनीतिक आर्थिक, सांस्कृतिक कुरा गरौँला’, घिमिरेले घुमाउरो जवाफ दिँदै भने, ‘कहाँ के राख्ने कसरी राख्ने ? डेकोरेसनका कुराहरू सहायक कुराहरू हुन् । तर पहिला हाम्रो जे आवश्यकता हो त्यो पूर्ति गर्न लागौँ ।’

कुल १५१ रोपनीमा निर्माणाधीन सङ्घीय संसद् भवन पाँच तले बन्नेछ । माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सय जना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ ।

आयोजनामा १२ वटा भवनसहित चार वटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

कूल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ ।

IMG-20230601-WA0011.jpg
IMG-20230601-WA0016.jpg
IMG-20230601-WA0014.jpg
IMG-20230601-WA0022.jpg
IMG-20230601-WA0032.jpg
IMG-20230601-WA0015.jpg
IMG-20230601-WA0033.jpg
IMG-20230601-WA0017.jpg
IMG-20230601-WA0031.jpg
IMG-2706f23e451d4799d5e7393216aff868-V.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ