arrow

संयुक्त सहकार्य गरौं, देशभर नागरिक तहमा पुगौं –अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
ajayababu-shiwakoti-2080-02-18.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अब संयुक्त सहकार्य गरेर अगाडि नगएसम्म देशभरका नागरिक तहमा पुग्न नसकिने बताएका छन् । 

ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै केन्द्रीय सदस्य शिवाकोटीले ट्रेड युनियनका पदाधिकारीहरुलाई संयुक्त सहकार्य गरेर जनताका घरघरमा पुग्न आग्रह गरेका हुन् । 

उनले देशहितका लागि महामन्त्री गगनकुमार थापाले पदलाई दाउमा राखेर भए पनि अगाडि बढ्ने उद्घोष गरिरहँदा आफूहरु सबैले देश बनाउनका लागि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको बताए । 

उनले पार्टीमा वेथितिले चरमसीमा नाघेको संकेत गर्दै नेता कार्यकर्ता र समर्थकको भावना विपरीत चुनावपूर्व गठबन्धन गरेर केही सीमित व्यक्तिले पटक पटक लाभ लिएको र अरु हेरेको हेर्यै भएको चर्चा गर्दै यो गलत प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताए । 

शिवाकोटीले २०८४ सालको चुनावअघि पार्टीमा धेरै उथलपुथल गर्नुपर्ने भन्दै के हामी यसमा तयार छौँ ? भन्दै उपस्थित समुदायलाई प्रश्न गरेका थिए । 

पार्टी नेतृत्व विधि र विधान विपरीत चलेको, सरकारमा रहेकाहरु जनभावना विपरीत चलेको भन्दै उनले आक्रोश पोखे । 

त्यस्तै टीकापुर हत्याकाण्डमा नेतृत्व गम्भीर बन्न नसकेको, भष्टाचारमा शून्य सदनशीलता अपनाउन नसकेको, नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै दुःख व्यक्त गरे । 

उनले सांसदको भनाई रेकर्डबाट हटाउन लाग्नु ठूलो भुल भएको भन्दै उनले राजाको ठाउँमा अनेक राजा भन्ने भाष्य स्थापित गराउन तीन दलका नेताहरु आफैँ लागेको उल्लेख गरे । 

उनले ‘तीन दलका तीन नेता के राजपरिवारका सदस्य हुन् ?’ भनी प्रश्न गर्दै उनीहरुको आचरणमा प्रश्न गर्न किन नपाइने ?’ भने । 
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चुप बसेको देख्दा आश्चर्यमा परेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ