arrow

सङ्घीय बजेट मुगालीलाई : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
mugali.JPG

 मुगु । सोमबार अर्थमन्त्री डा प्रकाश शरण महतले प्रस्तुत गरेको सङ्घीय सरकारको बजेट बारे प्रतिक्रिया दिँदै मुगाालीहरुले आफ्नो लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको बताएका छन् । ९५ पृष्ठ लामो बजेट सङ्घीय बजेट प्रस्तुत गरिरहँदा विकट हिमालीको विकास बारे कुनै पनि क्षेत्र उल्लेख नगरेका तथा मुगु जिल्ला भन्ने नामसम्म कतै उल्लेख नभएको भन्दै बजेट तथा सरकार प्रति आक्रोश व्यक्त गदै व्यङ्ग्यात्मक संज्ञामा प्रस्तुत बजेटलाई आफ्नालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको बताएका हुन ।

बजेटमा दुर्गम, पिछडिएको र पहुँचमा नभएका जिल्लाहरूलाई वास्ता नगरिएको प्रष्ट देखिएको नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्ल बताउँछन् । उनी भन्छन् ७७ जिल्ला मध्य सत्ता, शक्ति र सदनमा टेबुल ठटयाउनेहरुका जिल्लाहरूमा गौरवका योजनाका साथै अर्वौ बजेट उल्लेख गरिएको छ तर त्यही बजेटमा कुनै जिल्लाको नाम समेत उल्लेख गरिएको छैन । 

मुगु जिल्ला लगायत साबिकको कणाली अञ्चल जोडने काल मार्गले परिचित कणाली राजमार्ग लगायत नाग्म-गमगढी सडक खण्ड, नाग्म-खलंगा सडक बारे पर्याप्त बजेट विनियोजन गरि एसियाली मापदण्डमा सडक बनाइयो योजना आउनु पर्नेमा वर्षाको पानीले पुर्‍याएको क्षतिमा स्तर उन्नति गरिनेछ मात्र भनिएको छ भने मुगुका धार्मिक , पर्यटकीय क्षेत्र बारे मौन रहेको पाइन्छ । 

मुगु जिल्ला सदरमुकामबाट चिनो सिमाना नाग्चे लाग्ना जोडने नाका खोल्न शुरु भएको १७ वर्ष भयो प्रत्येक वर्ष १ किमी मात्र सडक खोलिँदै आएको छ । न्यून बजेट र सरकारको प्राथमिकतामा कहिल्यै नपर्दा सडक कहिले सम्पन्न हुने हो पत्तो छैन यो चोटिको सरकारले यो सडक राष्ट्रिय गौरवको योजनामा राखी बजेट विनियोजन गर्दा सोचेका थियो तर सडकको स सम्म उल्लेख गरेको देखिएन । अन्य जिल्लामा करोडौँ, खरबका योजना कार्यक्रम उल्लेख भइरहँदा मुगु जिल्ला बारे कतै उल्लेख नहुनुले दुर्भाग्यको कुरा भएको निवर्तमान कणाली प्रदेशका सांसद दानसिंह परिवार बताउँछन् ।
 
मुगुमा देश कै ठुलो तथा गहिरो ताल रारा छ, हिन्दु र बौद्ध धर्मालम्विहरुको आस्थाको केन्द्र छायाँक्षेत्र(छायाँनाथ) छ सयौँ बहुमूल्य जडीबुटी पाइन्छ , दर्जनौँ गुनाम ताल तलैया तथा पाटनहरू, मठ, मन्दिर, गुम्बा छन् तिनीहरूको प्रचार प्रसार र विकास बारे चुइँक्क बोलिएको छैन । गमगढी-रारा, गमगढी-रारा विमान स्थल, गमगढी-रारा-खत्याड, गमगढी-दोमुख सडक बनाउन सरकारले बजेट ल्याउनु पर्थ्यो तर बजेटमा समेटिएन यहाँ पाइने जडीबुटी, स्याउ, कागती, आलु, सिमी, कोदो फापर, काउनो र मार्षि धान बारे बजेटले समेटी कार्यक्रम आएको भए मुगुको अर्थतन्त्र मात्र नभएर देशकै अर्थतन्त्रमा सहयोग पुग्थ्यो तर त्यसो भएन मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बहादुर बुढा भन्छन् रारामा भौतिक पुर्वाधारको र रारा पुग्ने सडकहरू नाग्म- गमगढी सडक, झुगेला-रारा र दोमुख-गमगढी-रारा सडक गरि दिए रारा राज्यको आम्दानी स्रोत बन्न सक्यो भने कणाली सधैँ माग्ने प्रदेश हुने थिएन ।

९५ पुष्टको बजेट वक्तव्य २ घण्टा लगाएर आफुले पडिरहँदा मुगु विकास बारे कुनै योजना, आयोजना र कार्यक्रम बजेट र मुगु जिल्लासम्म उल्लेख नभएको देख्दा मैले नेपालको बजेट पढिरहेको छु की कतै अन्य देशको जस्तो आभास भएको नेपाल पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल बताउँछन् । उनी भन्छन् देशमा माओवादी नेतृत्वको सरकार छ । 

गणतन्त्र, समावेशी र सङ्घीय व्यवस्था आफूहरूको आन्दोलनको जगले आएको भनेर घाटीको नसा फुटेन गरि माओवादी नेताहरूले जिकिर गरिरहँदा उस्कै नेतृत्वको सरकारले ल्याएको बजेटमा सौतिनी व्यवहार भएको दुर्गमका नागरिकले महसुस गरिरहँदा सबै प्रष्ट भएको छ । 

तिनै तहका सरकारहरूको बजेट अधिवेशन भैरहवा आइरहँदा मुगालीहरुले सङ्घीय सरकारबाट मुख्य गरि कणाली राजमार्ग सडक मापदण्डमा निर्माण, गमगढी नाक्चेलाग्ना चीनसँग जोडने सडक निर्माण, रारा क्षेत्रको विकास, छायाँनाथ, खेस्मालिका, थार्प मष्टोको धार्मिक विकास, जुम्लामा रहेका सङ्घीय कार्यालयहरू मुगु मै स्थापना गर्ने, मुगु कणालीबाट विद्युत् उत्पादन आयोजना, पर्यटकीय, जैविक विविधता, धार्मिक र जडीबुटी, फलफूल खेती तथा बजारीकरण बारे सम्बोधन हुन्छ की भनी अपेक्षा गरेका थिए । 

सोमबार सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वर्ष २०८०-०८१ क लागी १७ खर्ब ५१ अर्ब ३१ करोडको सङ्घीय सरकारको बजेट संसद्मा प्रस्तुत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ