arrow

महिलालाई आत्मनिर्भर बनाउन हाते होजियारी तालिम 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ १५ सोमबार
hate-haujari.JPG

मुगु । महिलाहरू आत्म निर्भर नहुँदा घरदेखि शहरसम्म दमनमा पर्ने गरेको भन्दै उनीहरूलाई आफै कमाउने बनाउन मुगुमा महिलाहरूका लागी हाते होजीयारी तालिम सञ्चालन गरिएको छ । टेवाको आर्थिक सहयोग, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको समन्वय र महिला अधिकारी केन्द्र मुगुको सहजीकरणमा महिला मुगु जिल्लाका चार वटा स्थानीय तहहरूका २० जना महिलाहरूलाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिम दिइएको हो ।

चारवटै स्थानीय तहबाट छनौट भएका दलित, जनजाति र एकल महिलाहरूलाई ४५ दिनसम्म तालिम दिइएको र तालिमबाट मोजा, सुइटर, टोपी लगायतका बालबच्चा, तन्नेरी र जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने कपडाहरू बुन्न सिकेको महिला अधिकारी केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले बताइन् ।

गाउँघरमा बजार तिर पाइने रेडिमेट कपडाहरू पाइँदैन । सबैले बजार कै किन्न सक्दैन स्थानीय गाउँघरमा पाइने उन, धागो बाट बुन्ने कपडा सजिलै व्यापार हुन्छ अब तालिमबाट सिप सिकेका छौ हामी आफै कमाएर खान सक्ने भएका छौ तालिममा सहभागी मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ४ का यान्जु लामाले बताइन् ।

घर देखि बाहिर पनि आफ्नो कमाई नहुँदा हेपिनु परेको थियो सानो सानो घर खर्च पनि हात थापेर माग्नु पर्ने थियो अब सिप सिकेका छौ गाउँघर मै केही गरेर देखाउँछौ बरु टेवाले थप तालिम र सामग्री सहयोगको आस गरेका छौ अर्का सहभागी छायाँनाथ रारा नगरपालिका वडा नं २ का सविना चौलागाँईले भनिन् ।

महिला सशक्तीकरण र आत्मनिर्भरमा यस्ता खाले तालिमको अझै आवश्यकता रहेको र दूर दराजसम्म महिला आत्म निर्भर बनाउने खालका सिपमूलक र व्यवसायीक तालिम सरकारी तथा गैर सरकारी निकायले दिनु पर्ने छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । 

उनले भनिन्, ' महिला सशक्तीकरण कै लागी नगरपालिकाबाट उपप्रमुख महिला रोजगार कार्यक्रम सञ्चालन गरेको र यो कार्यक्रम अन्तरगत पनि महिलाहरूलाई सिपमूलक तालिम तथा मेसिन औजार सहयोग गर्ने क्रियाकलाप रहेकाले आगामी दिनमा नगरपालिकाले महिला अधिकार केन्द्रसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्नेछौ ।'


४५ दिने तालिमको समापन कार्यक्रमको अध्यक्षता महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख मल्ल रहेकी थिइन् । टेवाले मुगु जिल्लामा बाढी पहिरो पीडित, घरेलु हिंसामा परेका महिलालाई राहत सहयोग गदै आएको छ भने महिला, जनप्रतिनिधि, पछाडि परेका वर्गलाई सशक्तीकरण गर्न बेला बेला विभिन्न तालिम तथा गोष्ठी पनि गदै आएको छ । हाते होजियारी तालिम गत चैत २६ गते देखि जेष्ठ १३ गतेसम्म सञ्चालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ