arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको बैठक बस्दैछ ।  प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा शुरु हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

साथै उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्माणार्थ प्रस्तुत गर्ने, सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 त्यस्तै राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९-०८० को आर्थिक सर्वेक्षण सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ