arrow

बजेटअघिको अन्तिम बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
prakash-sharan-mahat-parliament-2080-01-27.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक दिउँसो १ बजे बस्नेछ । 

 बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

यो बैठक अर्थमन्त्रीले आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण गर्नुअघिको अन्तिम बैठक हुनेछ । 

यसअघि गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनले पारित गरिसकेका छन् । 

राष्ट्रिय सभाले गत ९ गते र प्रतिनिधि सभाले १३ गते पारित गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ