arrow

विद्यार्थी आकर्षित गर्न शैक्षिक सामाग्रीको प्रदर्शनी

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ १४ आइतबार
school-mugu.JPG

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा ७ स्थित कर्णाली माध्यमिक विद्यालयका शिक्षक, तथा विद्यार्थीहरूको सहकार्यमा निर्माण गरिएका शैक्षिक सामाग्रीहरूको प्रदर्शनी गरिएको छ । 

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाइलाई चिर स्थायी र प्रभावकारी बनाउने उद्देश्यका साथ शैक्षिक सामाग्रीहरूको शुक्रबार निर्माण तथा प्रदर्शन गरिएको हो । 
विद्यालयका शिक्षक र विद्यार्थीहरूको समन्वय र सहकार्यमा एक साता लगाएर स्थानीय स्रोत साधनहरूको भरपुर प्रयोग गरि निर्माण गरिएका शैक्षिक सामग्रीहरू विद्यालयले एक औपचारिक कार्यक्रम गदै प्रदर्शनी गरेको थियो ।

पाठ्यक्रमले निर्देश गरेका पाठ्यपुस्तकमा उल्लेखित पाठहरूका विषयवस्तुमा आधारित रहेर विद्यार्थीहरूले शिक्षकको समन्वयमा स्थानीय स्रोत साधनबाट कागजका विभिन्न खेलौना सामाग्री,निगालो,माटोका सामाग्री निर्माण गरेका छन् ।

शिक्षकको शिक्षण सहज,प्रभावकारी बनाउन र विद्याथीहरुलाई सिकाइप्रति इच्छुक,जागरूक र लगनशील बनाउने उद्देश्यकाका साथ शैक्षिक समाग्रीहरुको निर्माण तथा प्रदर्शनी गरिएको र निर्माण गरिएका सामाग्रीहरूको कक्षा शिक्षणमा शिक्षक तथा विद्यार्थीहरूले व्यवहारिक प्रयोग गर्नुहुने कर्णाली माध्यमिक विद्यालय टोप्लाका प्रधानाध्यापक चन्द्र प्रकाश बढुबाले बताए । उनका अनुसार शैक्षिक सामाग्रीहरूको प्रयोगले विद्यार्थी ,शिक्षक दुवैको रचनात्मक क्षमता बढ्नुका साथै शिक्षण, सिकाई दिगो र अर्थपूर्ण हुन्छ । 

यस विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् । शिक्षण सिकाई क्रियाकलाप मा आवश्यक शैक्षिक सामाग्री निर्माण कार्यमा विद्यार्थीहरूको उत्साहजनक सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ । 

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सामाग्रीहरू निर्माणमा एक अर्कोलाई सघाउँदै आत्मीयताको भाव देखाएर सहभागी भएका र यो सिकाइले विद्यार्थी विद्यार्थी र शिक्षक विद्यार्थी विच साथित्वको जस्तो सम्बन्ध बनाएको छ ।

विद्यालयलाई राम्रो बनाउनका लागी सरोकारवाला निकाय , शिक्षक अभिभावकको उत्तिकै भूमिका हुन्छ । कर्णाली माध्यमिक विद्यालयको प्रधानामात्य चन्द्र प्रकाश बढुवाल आइसकेपछि विद्यालयको परिवर्तन देखेर सबै अभिभावक पनि खुसी भएका छन् । 

शैक्षिक सामाग्री निर्माण तथा प्रदर्शन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भामले शैक्षिक सामाग्री अवलोकन मार्फत प्रेरित भएको बताए । 

विद्यालयहरूमा पाठ्य पुस्तकको अध्ययन मात्र नभई विद्यार्थीहरूको शिक्षण सिकाइलाई सहज बनाउन, प्रभावकारी तुल्याउन अन्य विद्यालयले पनि यस्तो सिको गर्नु पर्ने देखिएको छ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा पाठ्यपुस्तकको जतिकै भूमिका हुन्छ शैक्षिक क्रियाकलापको पनि उत्तिकै भूमिका हुन्छ । त्यसमा विभिन्न चित्र मार्फत अध्ययन अध्यापन गराउँदा अझै विद्यार्थीको सिकाई मा निर्खाता आउने नगर प्रमुख विष्णु कुमार भामले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ