arrow

गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई नरैनापुर गाउँपालिकाको अनुरोध

गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
istiyak-ahmad- shah-narainapur-bake.jpg

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्न बढ्न थाले पछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नरैनापुर गाउँपालिका शुक्रवार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरूको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घट्न दोहोरिन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए।

पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सुरक्षाकर्मी हरुलाई गाउँपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्त्वहरूले एक पछि अर्को गर्दै नरैनापुरको सद्भावलाई खलल पुर्‍याउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चलखेल गरी रहेको बताउँदै गौ हत्या जस्तो जघन्य अपराधले गाउँपालिकालाई मर्माहित बनाएको बताए। उनले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारबाही गर्न सम्बन्धित निकाय सँग अपिल गरे।

अध्यक्ष शाहले सर्व प्राणी रक्षार्थ लाग्न सबै सँग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रूपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले अपराधीको कार्यलाई जाति धर्म सँग नजोडी मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बधीत सबै पक्ष सँग अपिल गरे।

नरैनापुर गाउँ कार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ