काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । अपरान्ह ४ बजे बोलाइएको बैठक ढिला गरी शुरु भएको हो ।
नीति तथा कार्यक्रम पारित गर्ने तयारीका साथ बोलाइएको शुक्रबारको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै शनिबारका लागि स्थगित भएकोमा आज पनि निर्धारित समयमा शुरु हुन सकेको थिएन ।
तीन दलबीच सहमति भएसँगै बैठक बसेको हो ।