arrow

अझै बस्न सकेन प्रतिनिधि सभाको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको  बिहान ११ बजेदेखि शुरु हुनुपर्ने भए पनि ढिलाइ भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाबारे प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिन लागेका हुन् । 

राष्ट्रिय सभाको बैठकमा जवाफ दिइसकेका प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिइसकेसँगै १५ गते सोमबार संघीय सरकारले वार्षिक बजेट सार्वजनिक गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ