arrow

उपचारपछि चन्द्र भण्डारी पहिलो पटक संसदमा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
chandra-bhandari-parliament-2080-02-10 (7).jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी आगलागीमा परी गम्भीर भएर उपचारपछि पहिलो पटक बुधबार संसदमा पुगेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भइ आगलागीमा परेका थिए । 

उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस् अस्पतालमा उपचार गरिएको थियो । बैशाख १७ गते स्वदेश फर्किए पनि उनी संसदमा भने जान सकेका थिएनन् । 

पहिलो पटक बुधबार संसदमा पुगेका उनले गम्भीर विषय उठान गरे । उनले अहिले आफ्नो देश धेरै कुरामा पछि परेको बताउँदै इच्छाशक्ति हुने हो भने यसलाई सुधार गर्न सकिने बताए । 

सांसद भण्डारीले गाउँगाउँमा विज्ञान र प्रविधिका उपलब्धि पुर्याए पनि त्यसको प्रयोगबारे सिकाउन नसकिएको बताउँदै यी विषयहरू पाठ्यक्रम बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

उनले जनताको वास्तविक समस्या भने सांसदहरूले पहिचान गर्न नसकेको गुनासो गरे । 

 

chandra-bhandari-parliament-2080-02-10 (1).jpg
chandra-bhandari-parliament-2080-02-10 (2).jpg
chandra-bhandari-parliament-2080-02-10 (3).jpg
chandra-bhandari-parliament-2080-02-10 (4).jpg
chandra-bhandari-parliament-2080-02-10 (5).jpg
chandra-bhandari-parliament-2080-02-10 (6).jpg
chandra-bhandari-parliament-2080-02-10 (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ