arrow

खुला सीमाले नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बन्दै

logo
सौरभ गिरी, 
प्रकाशित २०८० जेठ १० बुधबार
karyashala-2080-02-10.jpg

नेपालगञ्ज । समाजमा लागूऔषधको जालो डरलाग्दो किसिमले झाँगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले आज नेपालगञ्जमा आयोजना गरेको ‘लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी का सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै चिन्ता व्यक्त गरे ।  

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश केशवराज जोशीले कार्यशाला गोष्ठीले लागूऔषध रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण टेवा दिने विश्वास ब्यक्त गरे ।

 उनले जताजतै लागूऔषधको जालो फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले १० देखि ७४ वर्षका व्यक्तिहरु लागूऔषध ओसारपसार र सेवनमा लागेको अवस्था चित्रण गर्दै समाजलाई यसको भूमरीबाट मुक्त बनाउन जरुरी रहेको बताए ।

साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषधले थिलथिलो हुन थालेको समाजलाई यसबाट जोगाउन सबै सरोकारवाला र अभियन्ताहरु गम्भीर भएर लाग्नुपर्ने बताए । 

उनले घर, विद्यालय र सार्वजनिक ठाउँहरुबाटै यस विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ