arrow

सुविधा सम्पन्न 'टुरिष्ट बसपार्क' निर्माण गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
bidhya-1.JPG

काठमाडौं । काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न  नेकपा (एमाले)की सांसद विद्या भट्टराईले माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरुमा जाने पर्यटकहरुका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

उनले भनिन्, ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने योजना अनुरुप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन ।  त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरु काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भईरहेकाले पनि सरकारले उनीहरुलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ