arrow

प्रचण्ड सरकारले पायो पूर्णता, उपेन्द्र भएनन् मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
pm-office-and-council-of-ministries.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । 

दुई जनालाई मन्त्री नियुक्ति गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।  

जसपाका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा गएनन् । उनी चुनाव लड्ने भएसँगै उपप्रधानसहित सरकारमा जाने दाबी गरिएको थियो । 

तर आज उनको नाम नआएपछि यसपालि उनी बाहिरै बसेर रचनात्मक भूमिका खेल्ने बताइएको छ । 

मंसिर ४ को चुनाव हारेपछि उपेन्द्र बैशाख १० को निर्वाचनमा लडेर चुनाव जितेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ