अहिलेसम्म गुजरात टाइटान्स शीर्ष स्थानमा रहँदै क्वालिफायरमा, चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै क्वालिफायरमा तथा लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।
मुम्बई र बेंगलोरको समान अंक भएका अवस्थामा दुवै टिमले जित्दा बेंगलोर नै प्लेअफमा पुग्नेछ । दुवै टिम पराजित हुँदा समान अंकको राजस्थान रोयल्सले अवसर पाउन सक्नेछ ।
मुम्बईले जित्दा यदि बेंगलोर पराजित भयो भने मात्र मुम्बई प्लेअफमा पुग्नेछ । यसकारण पनि आजका खेलको भिडन्त रोचक हुनेछ ।
१४ अंकभन्दा कम भएका टिमहरु भने बाहिरिएका छन् ।
अंक तालिका
१३ खेलबाट १८ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १४ खेलबाट १७ अंकसहित चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ ।
१४ खेलबाट १७ अंकसहित लखनउ सुपर जाइन्टस तेस्रो स्थानमा छ ।
१३ खेलबाट १४ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर चौथो स्थानमा छ । १४ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स पाँचौं स्थानमा छ ।
१३ खेलबाट १४ अंकसहित मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ ।
१४ खेलबाट १२ अंकको कोलकाता नाइट राइडर्स सातौं स्थानमा छ ।
१४ खेलबाट १२ अंकको पञ्जाब किंग्स आठौं स्थानमा छ ।
१४ खेलबाट दिल्ली क्यापिटल्सको १० अंक छ ।
१३ खेलबाट सनराइजर्स हैदराबादको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।