arrow

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन् । 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको थियो । 

पौडेल सडक बन्द नगरी सहजै पुगे संसद भवन
राष्ट्रपति पौडेलले सडकमा नागरिकलाई दुःख नदिइ सामान्य तरिकाले राष्ट्रपति कार्यालयबाट संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । 

यसअघिका राष्ट्रपतिले भने सडक बन्द गराएरै राष्ट्रपति कार्यालय शीतल निवासबाट संसद भवन पुगेका हुन् । 

यसअघि उनको स्वास्थ्यका कारण नीति तथा कार्यक्रम वाचन गर्ने कि नगर्ने भन्नेमा शंका थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ