arrow

नियम निलम्बन गरेर जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभा बैठक शुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक शुरु भएको हो । बैठकमा नियम निलम्बनको प्रस्ताव पारित भएको छ । 

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित नियम निलम्बन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो । 


कांग्रेसका रमेश लेखकले पेश गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्तौला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएपछि सर्वसम्मतले पापिरत भएको हो । 

उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्न पाउनेमा आज २० जनाले बैठकमा प्रश्न पाउने छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको हो । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ