arrow

प्रतिनिधि सभाका १० वटै समितिका ज्येष्ठ सांसदहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
parliament-committes-2080-02-02 (6).jpg

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि बल्ल त्यसअन्तर्गतका समितिहरुको बैठक बसेको छ । मंगलबार १० वटै विषयगत समितिको बैठक सिंहदरबारस्थित आ–आफ्नै सभाहलमा समितिहरुको बैठक बसेको हो ।

पहिलो दिन सबै समितिका बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरे । जसमा कानून, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद पशुपतिशमशेर जबराले गरे ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरे ।

सार्वजनिक लेखा समिति बैठकको सभापतित्व कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे ।

महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राप्रपाकी सांसद रोशन कार्की ले गरिन् । 

अर्थ समिति बैठकको सभापतित्व कांग्रेस सांसद सन्तोष चालिसेले गरे ।

पूर्वाधार विकास समिति बैठकको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले गरे । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टी जसपाका सांसद नवलकिशोर साह सुडीले गरे ।

शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व एमालेका सांसद कालुराम राईले गरे ।

पहिलो बैठकमा परिचयात्मक कार्यक्रमसँगै आपसमा स्वागत आदानप्रदान गरिएको छ । दलीय उपस्थितिका आधारमा समिति सदस्यहरु बनाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ