arrow

संसदमा रौनकः समितिहरु सक्रिय [फोटोफिचरसहित]  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
samsadiya-samiti-2080-02-02a.jpg

कठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका समितिहरुको बैठक शुरु भएको छ । योसँगै संसदीय समितिहरु सबै सक्रिय भएका छन् । सो क्रममा समितिहरुमा परिचयको कार्यक्रम सकिएको छ । समिति सदस्यहरुबीच आपसमा स्वागत भएको छ । 

प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि पहिलो पटक समितिका बैठकहरु बसेका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतका १० वटै विषयगत समितिको बैठक बसेको हो । मंगलबार सिंहदरबारस्थित आ–आफ्नै सभाहलमा समितिहरुको बैठक बसेको हो ।

पहिलो दिन सबै समितिका बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यले गरे । जसमा कानून, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद पशुपतिशमशेर जबराले गरे ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरे ।

सार्वजनिक लेखा समिति बैठकको सभापतित्व कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे ।

महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राप्रपाकी सांसद रोशन कार्की ले गरिन् । 

अर्थ समिति बैठकको सभापतित्व कांग्रेस सांसद सन्तोष चालिसेले गरे ।

पूर्वाधार विकास समिति बैठकको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले गरे । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टी जसपाका सांसद नवलकिशोर साह सुडीले गरे ।

शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व एमालेका सांसद कालुराम राईले गरे ।

सो क्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरूलाई स्वागत गरेका थिए ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरूले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गएको वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो ।

समितिमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका सात, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन–तीन, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनमत पार्टीका एक–एक सांसद सदस्य छन् ।

बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको सामान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ । 

parliament-committes-2080-02-02 (1).jpg
parliament-committes-2080-02-02 (2).jpg
parliament-committes-2080-02-02 (3).jpg
parliament-committes-2080-02-02 (4).jpg
parliament-committes-2080-02-02 (5).jpg
parliament-committes-2080-02-02 (6).jpg
parliament-committes-2080-02-02 (7).jpg
parliament-committes-2080-02-02 (8).jpg
parliament-committes-2080-02-02 (9).jpg
parliament-committes-2080-02-02 (10).jpg
parliament-committes-2080-02-02 (11).jpg
parliament-committes-2080-02-02 (12).jpg
parliament-committes-2080-02-02 (13).jpg
parliament-committes-2080-02-02 (14).jpg
parliament-committes-2080-02-02 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ