arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नुपर्छ –परियार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
santosh-pariyar-rsp-bhaktapur.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने जनाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन् । 

‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो ? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले भने, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ