arrow

बस्दै प्रतिनिधि सभाको बैठक (सम्भावित कार्यसूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रि–बजेट सेसन सकिएपछि बैठक केही दिनका लागि स्थगित भएको थियो । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै कांग्रेसबाट २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बस्नेतको ७८ वर्षको उमेरमा बैशाख २९ गते निधन भएको थियो । 

सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउने तयारीसमेत गरेको छ । जेठ १५ गते संघीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने छ । 

आजको संसदको शून्य समयमा नक्कली भुटानी शरणार्थी प्रकरणसँगै भ्रष्टाचार भएका र हुनसक्ने सम्भावित विषयमा सांसदहरुले छानबिनका लागि माग राख्न सक्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ