arrow

कृषिमा क्रान्ति भए मात्र बेरोजगारीको अन्त्य : उपेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताएका छन् । 

राजविराजमा आइतबार मधेस कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बिएस्सीएजीको पठनपाठन शुभारम्भ कार्यक्रममा उनले विश्वका विभिन्न मुलुकहरू कृषिकै कारण समृद्ध भएको तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न नसकेको बताए ।

उनले नेपालमा बर्सेनि चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरू आयात हुँदै आएको छ, यो अन्यन्तै दुःखद हो भन्दै परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने धारणा व्यक्त गरे । अध्यक्ष यादवले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

“किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवं रोजगारमूलक बनाउनुपर्छ”, उनले भने, “कृषि क्षेत्रलाई विज्ञान-प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।”

जसपा अध्यक्ष यादवले शिक्षाको स्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समेत जोड दिए । मधेस प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षासमेत सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै उनले भने, “अब कृषिसम्बन्धी अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।”

“मधेस कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिले बोर्ड मात्रै झुन्ड्याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र ? भनी मजाकसमेत उडाए”, उनले भने, “आइतबार कृषि विश्वविद्या



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ