arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
angtawa-sherpa-आङ्तावा शेर्पा.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड लगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुजी जारी भएको हो ।

उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिइएको थियो । तर शेर्पा सो घटना सार्वजनिक भएपछि मोबाइल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँडको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो । 

अहिलेसम्म यो प्रकरणमा एक दर्जन पक्राउ परिसकेका छन् । एमालेका सांसद टोपबहादुर रायमाझी भने बैशाख २० देखि फरार छन् ।   



लोकप्रिय समाचार
नयाँ