arrow

कोलकाता र राजस्थान भिड्दै, प्लेअफ सम्भावना जीवित राख्न जित्नैपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
rinku-singh-andre-russel-ipl-kolkata.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे इडेन गार्डेनमा हुँदैछ । 

प्लेअफ सम्भावना कायम राख्न दुवै टिमलाई जित्नैपर्ने दबाब रहेको छ । दुवै टिमको समान अंक भएकाले पनि प्रतिस्पर्धा कडा हुने देखिन्छ । पछिल्लो अवस्था हेर्ने हो भने पछिल्ला पाँच खेलमा कोलकाताले तीनमा जित तथा दुईमा हार बेहोरेको छ । त्यस्तै राजस्थानले चारमा हार तथा एकमा जित बेहोरेको छ । पछिल्लो खेल भने दुवै टिमले हारेका छन् । 

यस अर्थमा पनि दुवै टिमबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

अंक तालिका 
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । 

११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ