arrow

प्रि-बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत (लाइभ)

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार

काठमाडौं । आजको प्रतिनिधि सभा बैठक शुरु भएको छ । आजको बैठकमा आज प्रि-बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदैछन् ।
 
गत आइतबार बसेको प्रतिनिधि सभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
 
गत बैशाख २५ देखि प्रि-बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा-आफनो धारणा राखिसकेका छन् । धारणा राख्न बाँकी सांसदहरुले आज राख्दैछन् । 

अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्रि-बजेटका बारेमा छलफल शुरु गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ