काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज एउटामात्र खेल हुँदैछ । चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्ससँग खेल्दैछ ।
खेल बेलुकी ७ः४५ बजे चेन्नईमा हुँदैछ । यो खेल जित्दा चेन्नई प्लेअफ नजिक पुग्नेछ । तर यो खेल हार्दा दिल्ली भने प्लेअफ पुग्ने आशा जीवितै राख्ने सम्भावनाबाट बाहिरिने छ । यो खेल हार्दा दिल्ली प्लेअफ सम्भावनाबाट बाहिरिने पहिलो टिमसमेत बन्नेछ ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा रहेको छ । ११ खेलबाट ११ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा रहेको छ ।
राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।