arrow

मुम्बई प्लेअफको बाटोमा, बेंगलोर निरीह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
ipl-mumbai-nehal.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले शानदार जित हासिल गरेको छ । मंगलबार रातिको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि शानदार जित हासिल गर्दै मुम्बई तेस्रो स्थानमा पुग्न सफलसमेत भएको छ । 

प्लेअफको बाटोमा पुगेको मुम्बईले वाङ्खेडे मैदानमा भएको खेलमा बेंगलोरमाथि ६ विकेटको जित निकाल्यो । 

पहिले ब्याटिङ गरेको बेंगलोरले ६ विकेटको क्षतिमा १९९ रन बनायो । ग्लेन म्याक्सवेलले ३३ बलमा ६८, कप्तान फाफ दु प्लेसिसले ४१ बलमा ६५ तथा दिनेश कार्तिकले १८ बलमा ३० रन बनाए । 

जासन बेरेन्डोर्फले ३ विकेट लिए । 

जवाफमा मुम्बईले ४ विकेटको क्षतिमा १६.३ ओभरमै जित हासिल गर्यो । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ३५ बलमा ८३ रन बनाए । नेहाल वाधेराले ३४ बलमा अविजित हरँदै ५२ रन बनाए । त्यस्तै इशान किशानले २१ बलमा ४२ रन बनाए । 

वानिन्दु हसरंगा र विजयकुमार भ्यसकले २–२ विकेट लिए ।  

अंक तालिका 
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ । 

११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा रहेको छ । ११ खेलबाट ११ अंकसहित लखनउ सुपर जाइन्टस चौथो स्थानमा रहेको छ । 

राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।   

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ