arrow

नक्कली भूटानी शरणार्थी प्रकरण

यी हुन् शून्य समयमा दोषीलाई कानूनी कारबाहीको माग गर्ने सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
parliament-2079-12-19.jpg

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले नक्कली भूटानी शरणार्थीका नाममा ठगी गर्नेका बारेमा यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन‍् । 

सांसद ठाकुरप्रसाद गैह्रेले भूटानी शरणार्थीका बारेमा के भइरहेको छ ? भनी जिज्ञासा राखे । 

सांसद तेजुलाल चौधरीले गृह मन्त्रालयअन्तर्गत भएको शरणार्थी काण्ड ठगी प्रकरण भएको उल्लेख गर्दै यसमा संलग्नलाई छानबिन गरेर कारबाही गर्न माग गरे । 

सांसद तोसिमा कार्कीले शरणार्थी काण्डमा ठूला नेताको हात रहेको खुल्न आएको, पक्राउ पुर्जी जारी भएका सांसद भागेको तथा सबै सांसदले सम्पत्ति विवरण बुझाएकाले वेबसाइटबाट सार्वजनिक गर्न माग गरिन् । 

सांसद देवेन्द्र पौडेलले शरणार्थी काण्डमा कसैको प्रभावमा नपरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
 
सांसद प्रदीप यादवले पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भाग्नुले दोषी भएको प्रमाणित गरेको बताए । 

रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्दै उहाँले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिए । 
 
सांसद प्रेम सुवालले शरणार्थी प्रकरणमा शीर्ष नेताको निरन्तर चलिरहने भेटघाट एवं बैठक दोषीलाई जोगाउन हो भनी प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ